कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सोलुखुम्बु प्रदेशसभा १ मा माओवादीका गोम्बु शेर्पा विजयी

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बु जिल्ला प्रदेश निर्वाचन क्षेत्र (१) मा नेकपा (माओवादी केन्द्र)का गोम्बु शेर्पा विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका उत्तमकुमार बस्नेतलाई १६ सय ३७ मतले पछि पर्दै प्रदेशसभा १ को सदस्यमा निर्वाचित भएका हुन् ।

सोलुखुम्बु प्रदेशसभा १ मा माओवादीका गोम्बु शेर्पा विजयी

बिहीबार बिहान आएको अन्तिम मतपरिणामअनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा बस्नेतले ८ हजार ३ सय ९८ मत प्राप्त गरे । उक्त प्रदेशमा जम्मा २० हजार ४ सय ४ मत खसेको थियो ।

पराजित बस्नेत निवर्तमान प्रदेशसभा सदस्य समेत हुन् । २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भई ५ वर्ष प्रदेशसभा सदस्य बनेका बस्नेत प्रदेश १ को राज्यमन्त्री बनेका बनेका थिए । २ वटा प्रदेशसभा क्षेत्र रहेको जिल्लाको प्रदेशसभा २ मा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् ।


प्रकाशित : मंसिर ८, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?