१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सप्तरी-३(१) मा कांग्रेसका समिम विजयी

अवधेशकुमार झा

सप्तरी — सप्तरी-३(१) मा कांग्रेसका मोहम्मद समिम विजयी भएका छन् ।  सप्तरीमा हालसम्म घोषित अन्तिम नजिताअनुसार दोहोर्‍याएर प्रदेशसभामा निर्वाचित हुने उनी पहिलो हुन् ।

सप्तरी-३(१) मा कांग्रेसका समिम विजयी

विजयी समिमले १० हजार ६ सय ३० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका रामप्रसाद मण्डलले ८ हजार ५ सय ३८ मत पाए । यो क्षेत्रमा एमालेका जोगेन्द्र भगतले ७ हजार ३ सय ४१ मत पाए ।

सप्तरी जिल्लाको हालसम्म घोषित प्रदेशसभातर्फको चारवटा अन्तिम परिणाममध्ये जनमत पार्टीले ३ र कांग्रेसले एक स्थानमा विजयी हात पारेको छ ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारलाई थाहै नदिई एनसेल बिक्री हुनुलाई के भन्नुहुन्छ ?