२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बझाङ प्रदेशसभा १ मा कांग्रेसका सिंह निर्वाचित

वसन्तप्रताप सिंह

बझाङ — बझाङ जिल्लाबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का अफिलाल ओखेडालाई ३ हजार ७ सय ७६ मतको अन्तरले पराजित गरेका हुन् । 

बझाङ प्रदेशसभा १ मा कांग्रेसका सिंह निर्वाचित

मत गणनाको सुरुदेखी नै अग्रता लिएका सिंहले १७ हजार १ सय १२ मत प्राप्त गर्दा ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याएका थिए । निर्वाचित सिंह नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति हुन ।

सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित सिंहले जिल्लावासीको सरसल्लाहमा विकास र समृद्धीको काममा लागिपर्ने प्रतिक्रिया दिएका छन् ।


प्रकाशित : मंसिर ८, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?