गोरखा-२ मा झन्डै १४ हजार मतान्तरले माओवादी अध्यक्ष दाहाल विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

गोरखा-२ मा झन्डै १४ हजार मतान्तरले माओवादी अध्यक्ष दाहाल विजयी

हरिराम उप्रेती

गोरखा — प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारी मतान्तरले विजयी भएका छन् । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित बने । नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । दाहाल विजयी बने पनि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन ।

गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

दुल्लु क्षेत्रमा २३ वर्षपछि कांग्रेसको पुनरागमन

ज्योति कटुवाल

सुर्खेत — कांग्रेसले दैलेखको निर्वाचनमा २३ वर्षपछि जितेको छ । दैलेखको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले २३ वर्षपछि निर्वाचन जितेको हो । बिहीबार बिहान सम्पन्न मतगणना अनुसार प्रतिनिधिसभामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दिक्पालकुमार शाही निर्वाचित भएका छन् ।

शाहीले २० हजार १ सय ५८ मत ल्याएर निर्वाचित भएका छन् । शाहीका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याएका छन् । विजयी शाही २०७४ को निर्वाचनमा दैलेख प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (२) मा एमालेका राजबहादुर शाहीसँग कर्णाली प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।

पोखरेल २०७० को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सदस्य थिए ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×