कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिन्धुपाल्चोक १ (२) मा माओवादीका सरल सहयात्री निर्वाचित

अनिश तिवारी

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको प्रतिनिधिसभा १ (२) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । उनी वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

सिन्धुपाल्चोक १ (२) मा माओवादीका सरल सहयात्री निर्वाचित

माओवादी केन्द्रका वाग्मती प्रदेश कमिटी अध्यक्षसमेत रहेका सरल सहयात्रीले एमालेका होमनारायण श्रेष्ठलाई पराजित गरेका हुन् । सरलले १७ हजार २ सय ५६ मत ल्याए भने एमालेका श्रेष्ठले १३ हजार १३ मत पाएका थिए । सरल र श्रेष्ठबीचको मतान्तर ४ हजार २ सय ४३ रहेको छ ।

एमालेका उम्मेदवार श्रेष्ठ जुगल गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । श्रेष्ठ गाउँपालिका महासंघका पूर्वअध्यक्षसमेत हुन् । प्रदेशसभाको यो निर्वाचन क्षेत्रमा राप्रपाका दिपक थापाले २ हजार ६ सय २६ , स्वतन्त्र उम्मेद्वार भक्तबहादुर भण्डारीले ७ सय ७४ मत ल्याएका छन् ।

सरल सहयात्री यो निर्वाचन क्षेत्रमा २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा पनि उम्मेदवार थिए । उनी त्यो निर्वाचनमा पराजित भएका थिए ।


प्रकाशित : मंसिर ८, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?