पूर्वी नवलपरासी १(२) मा एमालेका रोशनबहादुर गाहा विजयी

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासी क्षेत्र नम्बर १ को १ मा एमालेका रोशनबहादुर गाहा मगर विजयी भएका छन् । उनले गठबन्धनतर्फबाट माओवादी केन्द्रका लोकप्रसाद भुर्तेललाई भारी मतान्तरले पराजित गरेका हुन् । 

पूर्वी नवलपरासी १(२) मा एमालेका रोशनबहादुर गाहा विजयी

निर्वाचन कार्यालय कावासोतीका अनुसार गाहाले १७ हजार ८ सय २३ मत पाएका छन् भने भुर्तेलले १४ हजार १ सय १६ मतमा चित्त बुझाएका छन् । गाहा लगातार दोस्रो पटक एउटै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनी त्यसअघि संघीय सांसद र दुई पटक तत्कालीन गाउँ विकास समितिका अध्यक्ष भएर काम गरेका अनुभवी व्यक्ति हुन् । पूर्वी नवलपरासीका प्रदेशसभातर्फका ४ सिटमा एमाले ३ सिट र नेपाली कांग्रेस १ सिटमा विजयी भएको छ ।

यहाँका दुवै क्षेत्रमा प्रतिनिधिसभा र समानुपातिकतर्फको मतगणना जारी छ ।

प्रकाशित : मंसिर ८, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?