कास्की २ (२)बाट प्रदेशसभामा कांग्रेसका थापा विजयी  

लालप्रसाद शर्मा

पोखरा — कास्कीको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा कांग्रेसका बिन्दुकुमार थापा विजयी भएका छन् । उनले ९ हजार २ सय ८० मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मिना गुरुङले ७ हजार ९ सय ७१ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेका राप्रपाका अरुण गिरीले ३ हजार ९ सय ३ मत पाए । 

कास्की २ (२)बाट प्रदेशसभामा कांग्रेसका थापा विजयी  

गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित थापा गण्डकी प्रदेश सरकारमा कानुन, संचार तथा प्रदेशसभा मामिलामन्त्री हुन् । २०७४ को निर्वाचनमा उनी कास्की २ (२)बाटै निर्वाचित भएका थिए ।

थापा पोखराका व्यापारी हुन् । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा रहेका उनी राजनीतिमा लागेका हुन् । उनको घरजग्गा कारोबारसँगै अन्य व्यवसायमा लगानी छ । पराजित गुरुङ यसअघि एमालेबाट समानुपातिक तर्फबाट प्रदेश सांसद रहेकी थिइन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?