चितवन–२(१) मा एमालेका सिलवाल विजयी

रमेशकुमार पौडेल

चितवन — चितवन–२ को प्रदेश सभा–१ म नेकपा (एमाले)का कृष्णप्रसाद सिलवाल विजयी भएका छन् । सिलवालले सत्तारुढ गठबनधनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका घनश्याम दाहाललाई पराजित गरेका हुन् ।

चितवन–२(१) मा एमालेका सिलवाल विजयी

चितवन–२ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले सिलवालले १६ हजार ५ सय मत प्राप्त गर्दा वाग्मती प्रदेशका मन्त्रीसमेत रहेका दाहालले १५ हजार २६० मत प्राप्त गरेको जानकारी दिए ।

चितवन–२ प्रदेश सभा–१ म ४३ हजारको हाराहारीमा मत खसेको थियो । चितवन–२ प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने भारी मतान्तरका साथ अग्रस्थानमा छन् । प्रदेश–२ मा नेपाली कांग्रेसका उत्तम जोशी अगाडि छन् । उनलाई नेकपा एमालेका देवी ज्ञवालीले पछ्याइरहेका छन् । प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ निर्वाचन क्षेत्र रहेको चितवनमा आएको यो पहिलो नतिजा हो ।


प्रकाशित : मंसिर ८, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?