२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पाँचथरबाटमा एमालेका नेम्वाङलाई अग्रता 

लक्ष्मी गौतम

पाँचथर — पाँचथरमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङले अग्रता लिएका छन । उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेलाई ५सय ५ मत  मत अन्तरले उछिन्दै नेम्वाङ अगाडि बढेका हुन् ।

पाँचथरबाटमा एमालेका नेम्वाङलाई अग्रता 

यहाँ ३० हजार २सय ७ मत गन्दा नेम्वाङले १५ हजार ६ सय ५ मत प्राप्त गरेका छन् भने आङदेम्वेलाई १५ हजार १ सय मत प्राप्त भएको छ । जिल्लामा कुल ७५ हजार ३ सय ५६ मत खसेको थियो ।

प्रदेशसभा १ मा गठबन्धनका जवेगुलाई अग्रता

जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगुले अग्रता लिएका छन् । उनले एमालेका उम्मेदवार राजकुमार भण्डारीलाई १ हजार १ सय २८ मतले उछिन्दै अग्रता लिइरहेका हुन । यहाा ३३ हजार ६ सय ८ मत गन्दा जवेगुले १४ हजार ५ सय ३१ मत पाएका छन् भने भण्डारीलाई १३ हजार ४ सय १३ मत प्राप्त भएको छ । यहाा ४० हजार ३ सय ५६ मत खसेको छ । जवेगु सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर २ वाट भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका इन्द्रवहादुर आङवो १५ हजार ६ सय ७२ मत ल्याएर विजयी भइसकेका छन् । उनका प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङले १२ हजार ६ सय ५ मत पाएका छन् । आङवो नेम्वाङलाई ३हजार ६७ मत अन्तरले हराउँदै विजयी भएका हुन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?