रुपन्देही-५ मा एमालेका वासुदेव घिमिरे विजयी

 औपचारिक घोषणा हुन बाँकी
अमृता अनमोल

बुटवल — रुपन्देहीको क्षेत्र नम्बर ५ मा एमालेका वासुदेव घिमिरे निर्वाचित भएका छन् । निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ । मुख्य निर्वाचन अधिकृत चिन्तामणि शर्माले प्रक्रिया मिलाउने क्रममा रहेकाले केहीबेरमा औपचारिक घोषणा गर्ने बताए । 

रुपन्देही-५ मा एमालेका वासुदेव घिमिरे विजयी

अन्तिम मतपरिणाममा एमाले उम्मेदवार घिमिरेले ३६ हजार ८ सय २२ मत ल्याएका छन् । उनका निकटतम प्रतिनिधि नेपाली कांग्रेसका भरतकुमार शाहले २७ हजार १ सय २० मत ल्याएका छन् । घिमिरे यसअघि तिलोत्तमा नगरपालिका प्रमुख बनेर नमुना काम गरेको भनी पटक-पटक पुरस्कृत भएका थिए ।

कांग्रेसका निर्वतमान सांसद शाह २०५६ सालदेखि यस क्षेत्रमा उम्मेदवार बनेर २०७० बाहेक अरु चुनावमा जितेका थिए । उनी पूर्वअर्थमन्त्री तथा संसदीय लेखा समिति सभापति हुन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?