कञ्चनपुर-२ मा कांग्रेसका एनपी साउद निर्वाचित

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नारायणप्रकाश साउद निर्वाचित भएका छन् । निकतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन् ।

कञ्चनपुर-२ मा कांग्रेसका एनपी साउद निर्वाचित

लोकतान्त्रिक-वाम गठबन्धनबाट उम्मेदवार बनेका साउदले २८ हजार १ सय मत प्राप्त गरे । धामीले २१ हजार ६४५ मत प्राप्त गरे ।

१ लाख ५ हजार ५७७ मतदाता रहेको क्षेत्र नं. २ मा ६४ हजार ७५२ मत खसेको थियो । जसमध्ये ४ हजार ९२० मत बदर भएको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ८, २०७९ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?