रौतहट प्रदेशसभा १ (२) मा कांग्रेसका यादव विजयी

शिव पुरी

रौतहट — रौतहटको क्षेत्र नम्बर १ (२) का लागि प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८१ मतान्तरले पराजित गरेका हुन् । विजयी यादव कांग्रेसको मधेस प्रदेश सभापति हुन् । अहिलेसम्म रौतहट प्रदेशसभामा कांग्रेसले दुई सिट जितेको छ ।

रौतहट प्रदेशसभा १ (२) मा कांग्रेसका यादव विजयी

मुख्य निर्वाचन कार्यालय गौरका अनुसार कांग्रेसका यादव १२ हजार ४ सय ८१ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ११ हजार ४ सय मत प्राप्त गरेका छन् ।

चौधरी कांग्रेसको पूर्व जिल्ला सचिव हुन् । प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीले टिकट नदिएको भन्दै उनी केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाई प्रवेश गरेका थिए । उक्त क्षेत्र एमाले जसपा गठबन्धन भएपछि प्रदेशसभाका पूर्व सदस्य एवम् जसपाका नेता योगेन्द्र यादबलाईलाई पार्टीले उम्मेदबार बनायो । त्यसपछि चौधरीले स्वतन्त्रमा उम्मेदवारी दिएका हुन् ।

विजयी यादव भने दुई पटक कांग्रेसका रौतहट सभापति भइसकेका छन् । चार महिनाअघि जनकपुरमा सम्पन्न पार्टीको मधेस प्रदेशको सभापतिमा यादपले जितेका थिए ।

सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका यादवको क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उठेका छन् । चारवटा क्षेत्रमा रहेको रौतहटमा प्रदेशसभाको ८ वटा सिट मध्ये यस अघि ४ (१) मा नेकपा माओवादीका युवराज भट्टराई १ को (१)मा कांग्रेसका नागेन्द्र साह विजयी भइसकेका छन् । अन्य क्षेत्रमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश मातृका मरासिनीले बताए ।

प्रकाशित : मंसिर ८, २०७९ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?