कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैलेख-१ मा एकीकृत समाजवादीका अमरबहादुर थापा विजयी

काठमाडौँ — दैलेख–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा(एकीकृत समाजवादी) का अमरबहादुर थापा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । 

दैलेख-१ मा एकीकृत समाजवादीका अमरबहादुर थापा विजयी

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनको मतपरिणाम अनुसार उनले १८ हजार दुई सय ५६ मतले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रवीद्रराज शर्माले १७ हजार चार सय सात मत प्राप्त गरे ।

विसं २०७४ प्रदेशसभामा विजयी भएका थापाले यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विसं २०७४ को निर्वाचनमा थापाले नेपाली कांग्रेसका जगजंग थापालाई पराजित गरेका थिए ।

प्रतिनिधिसभा सदस्यमा ४० हजार तीन सय ८७ मत खसेको थियो । कूल मतमध्ये १६ सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ८, २०७९ ०६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?