कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सल्यान प्रदेशसभा १ मा माओवादीका शर्मा विजयी

विप्लव महर्जन

सल्यान — प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भीमप्रकाश शर्मा विजयी भएका छन् । शर्माले एमाले उम्मेदवार कुलबहादुर गिरीलाई ८ हजार १८ मतले पछि पार्दै विजयी भएका हुन् ।

सल्यान प्रदेशसभा १ मा माओवादीका शर्मा विजयी

मुख्य निर्वाचन कार्यालय सल्यानले सार्वजनिक गरेको पछिल्नो मत गणना अनुसार प्रदेशसभा १ अन्तर्गत माओवादीका उम्मेदवार भीमप्रकाश शर्माले २२ हजार २४३ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी गिरीले १४ हजार २२५ मत ल्याएका छन् ।

सत्ता गठबन्धन अन्तर्गत शर्माले एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको सल्यानमा १ बाट उम्मेदवारी दिएका थिए । शर्माले २०७० सालदेखि संसदीय निर्वाचनमा भाग लिएका थिए । तीन पटक निर्वाचन लडेपनि उनको यो पहिलो जित हो । शर्मा यो भन्दाअघि उनी कर्णाली प्रदेसका मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार समेत भएका थिए ।

मुख्य निर्वाचनको कार्यालयले प्रतिनिधि सभा र प्रदेशसभा २ को पनि अन्तिम परिणाम पनि छिट्टै आउने जनाएको छ ।

प्रकाशित : मंसिर ८, २०७९ ०४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?