प्रदेशसभा लमजुङ १ मा कांग्रेसका गुरुङ निर्वाचित

आश गुरुङ

लमजुङ — प्रदेशसभा लमजुङ १ मा नेपाली कांग्रेसका टकराज गुरुङ निर्वाचित भएका छन् । उनीसँग नेकपा एमालेका जमिन्द्रमान घले १ हजार १ सय ६१ मतले पराजित भएका छन् ।

प्रदेशसभा लमजुङ १ मा कांग्रेसका गुरुङ निर्वाचित

२०७० को संविधानसभा निर्वाचनमा यो क्षेत्रमा दुवैजना चुनावी मैदानमा उत्रिँदा घलेले ७ सय ९८ मतले गुरुङलाई हराउँदै संविधान सभाको यात्रा तय गरेका थिए । यसपटक तिनै घलेलाई पराजित गर्दै गुरुङले प्रदेश सभाको यात्रा तय गरेका छन् ।

जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार निर्वाचित गुरुङले १८ हजार ५ सय ४ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी घलेले १७ हजार ३ सय ४३ मत पाएका छन् । निर्वाचित गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन् भने घले नेकपा एमाले केन्द्रीय सदस्य हुन् ।

यो क्षेत्रमा करिब दुई दशकपछि नेपाली कांग्रेसले आफ्नो विरासत फर्काएको छ । २०५६ सालमा कांग्रेसले चुनाव जितेको यो क्षेत्रमा २०६४ मा माओवादीका बुद्धिराम गुरुङले चुनाव जितेका थिए । २०७० मा जमिन्द्रमान घलेले चुनाव जितेका थिए । २०७४ को चुनावमा नेकपा एमालेका धनञ्जय दवाडीले जितेका थिए ।

यसपटकको चुनावमा राप्रपाकी अप्सरा शाहले १ हजार १८ मत पाएकी छन् । मंगोल नेश्नल अर्गनाइजेशनका बृखबहादुर तामाङले ४ सय ५६ र जसपाका सरस्वति गुरुङले १ सय १५ मत पाएका छन् ।

कुल ३८ हजार ३ सय ८४ मत खसेकोमा ९ सय ४८ मत बदर भएको छ । यो क्षेत्रमा दूधपोखरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिका साथै राइनास नगरपालिका पर्छ ।

प्रकाशित : मंसिर ८, २०७९ ०१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?