अछाम १(१) मा कांग्रेसका खड्का विजयी

मेनुका ढुंगाना

अछाम — अछाम निर्वाचन क्षेत्र नम्बर १(१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का विजयी भएका छन् ।

अछाम १(१) मा कांग्रेसका खड्का विजयी

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका महामन्त्री खड्का प्रदेश १ अन्तर्गत पर्ने साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका २१ वडाबाट ५ हजार ८ सय ४० को मतान्तरले विजयी भएका हुन् ।

खड्काले १२ हजार ३ सय ३७ प्राप्त गरेर विजयी भए भने नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ ००:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?