कैलाली-४ मा कांग्रेस उम्मेदवार वीरबहादुर बलायर निर्वाचित 

अर्जुन शाह

धनगढी — कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका छन् । बलायर निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । क्षेत्र नम्बर ४ मा खसेको कूल मत ६४ हजार १५८ मध्ये बलायरले २६ हजार १७१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी भट्टले २२ हजार ५८७ मत पाएका छन् । 

कैलाली-४ मा कांग्रेस उम्मेदवार वीरबहादुर बलायर निर्वाचित 

सुदूरपश्चिममा बलायर र भट्टबीचको प्रतिस्पर्धालाई सुरुदेखि नै रोचकताका साथ हेरिएको थियो । बलायर पूर्वमन्त्री एवं कांग्रेसका प्रदेश सभापति हुन् भने भट्ट एमाले सचिव तथा सुदूरपश्चिम ईन्चार्ज हुन् । डोटीबाट तीन पटक चुनावमा लडिसकेका बलायर पहिलोचोटी कैलाली झरेका हुन् ।

यता, माओवादी केन्द्र त्यागेर एमालेमा गएका भट्टले यो सहित सोही क्षेत्रबाट चौथो पटक चुनावी प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : मंसिर ७, २०७९ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?