गोरखा-१ मा कांग्रेसका राजेन्द्र बजगाई विजयी

हरिराम उप्रेती

गोरखा — गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका छन् । बजगाईले नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ मतान्तरले पराजित गरेका हुन् ।

गोरखा-१ मा कांग्रेसका राजेन्द्र बजगाई विजयी

बजगाईले ३३ हजार ४२८ मत पाउँदा बस्नेतले १६ हजार ७८५ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टिले ८५२ मत पाएका छन् ।

प्रकाशित : मंसिर ७, २०७९ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?