१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

जुम्लामा ज्ञानेन्द्र शाहीकाे जित निश्चित

डीबी बुढा

जुम्ला — जुम्लाको प्रतिनिधिसभाकाे निर्वाचनमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीकाे जित सुनिश्चित देखिएको छ । उनले गठबन्धन दलकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गाेमा गाैतम कुँवर र नेकपा एमालेका रतननाथ याेगीलाई फराकिलो मतअन्तरमा अग्र स्थानमा छन् ।

जुम्लामा ज्ञानेन्द्र शाहीकाे जित निश्चित

३६ हजार ३१ मतगणना गर्दा उनले १८ हजार २५ मत प्राप्त गरेका छन् । ८ हजार ३५६ मतले शाही गठबन्धनका उम्मेदवार गाैतमलाई पछि पारेका छन् ।

गौतमले ९ हजार ६६९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका रतननाथ योगीले ५ हजार १४७ मत प्राप्त गरेका छन्।

नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ८०३ मत प्राप्त गरेका छन् । माओवादीका डा. कलबहादुर रोकाया प्रतिनिधि सभाको स्वतन्त्र उम्मेद्वार बनेका थिए।

उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाए पनि ४११ मत प्राप्त गरेका छन् । एक हजार ९७८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लामा ४५ हजार ६ सय १४ मत खसेको थियो । अब ९ हजार ३४ मत मात्रै गणना गर्न बाँकी रहेको छ ।

प्रकाशित : मंसिर ७, २०७९ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?