अछाम २ बाट प्रतिनिधिसभामा कांग्रेसका शाह विजयी

मेनुका ढुंगाना

अछाम — प्रतिनिधिसभा अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह विजयी भएका हुन् ।

अछाम २ बाट प्रतिनिधिसभामा कांग्रेसका शाह विजयी

शाहले २२ हजार ९ सय ५४ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार एकसय १४ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर ६ हजार ८ सय ४० रहेको छ ।

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनबाट चुनाव लडेका बोगटीसँग कांग्रेसका शाह २ हजार ८ सय ५९ मतले पराजित भएका थिए ।

त्यस निर्वाचनमा बोगटीले २१ हजार ९६५ मत पाएर विजयी भएका थिए भने शाहले १९ हजार १०६ मत प्राप्त गरेका थिए ।

प्रकाशित : मंसिर ७, २०७९ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?