पर्सा २ : कांग्रेसका अजय चौरसिया विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

पर्सा २ : कांग्रेसका अजय चौरसिया विजयी

भूषण यादव

वीरगन्ज — पर्साको निर्वाचन क्षेत्र नम्बर दुईमा कांग्रेसका अजयकुमार चौरसिया निर्वाचित भएका छन् ।

चौरसियाले जनता समाजवादी पार्टीका सुरेन्द्र कुर्मीलाई ६ हजार ६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

चौरसियाले २८ हजार ४ सय ५१ मत ल्याएका छन् भने कुर्मीले २२ हजार ४ सय ४५ मत ल्याए ।

प्रकाशित : मंसिर ७, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्

पर्सा-४ मा एमालेका जालिम मियाँलाई हराउँदै कांग्रेसका रमेश रिजाल विजयी

भूषण यादव

वीरगन्ज — पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् ।

रिजालले ३१ हजार १ सय ४२ मत ल्याएका छन् भने मियाँले २५ हजार ६ सय १९ मत ल्याएका छन् ।

जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका मियाँ गत मंसिरमा नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मियाँलाई पर्सामा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका थिए ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×