१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जुम्ला १(१) : कांग्रेसका कर्णाली सभापतिलाई हराउँदै स्वतन्‍त्रबाट देवेन्द्रबहादुर शाही निर्वाचित

डीबी बुढा

जुम्ला — कर्णाली प्रदेश सभापति ललितजंग शाही पराजित भएका छन् । उनी विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्र बहादुर शाहीले १ हजार ८९९ मतान्तरसहित उनलाई पराजित गरेका हुन् ।

जुम्ला १(१) : कांग्रेसका कर्णाली सभापतिलाई हराउँदै स्वतन्‍त्रबाट देवेन्द्रबहादुर शाही निर्वाचित

जुम्ला प्रदेश (क) मा २४ हजार ७८८ मत खसेको थियो । जसमा स्वतन्त्र उम्मेदवार शाहीले ९ हजार ६५४ मत पाएका छन् भने पराजित शाहीको पक्षमा ७ हजार ७५५ मत आएको छ ।

प्रदेश सभापति शाहीलाई माओवादी र एकीकृत समाजवादीको साथ भएपनि पराजित भएका हुन् । आन्तरिक रुपमा गठबन्धनभित्र विचलन आएकाले स्वतन्त्र उम्मेदवार शाही हावी भएका हुन् ।

उनी ०७४ मा कांग्रेसबाट प्रतिनिधि सभा चुनाव लडेका थिए । माओवादीका गजेन्द्र महतसँग पराजित भएका उनी कांग्रेसभित्र संस्थापन इत्तर पक्षधर नेता मानिन्छन् ।

प्रकाशित : मंसिर ७, २०७९ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?