रुकुम पूर्वबाट प्रतिनिधिसभामा माओवादी र प्रदेश (२) मा कांग्रेस विजयी

महेश केसी

रुकुम पूर्व — रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती विजयी भएका छन् । नेकपा एमालेका कैलाशकुमार मल्लालाई ७ हजार ५१ मतले पछि पार्दै घर्ती विजयी भएका हुन् ।

रुकुम पूर्वबाट प्रतिनिधिसभामा माओवादी र प्रदेश (२) मा कांग्रेस विजयी

यसअघि लुम्बिनी प्रदेशका सभामुख भएका घर्तीको कुल प्राप्त मत १२ हजार २ सय ६२ छ भने उनका निकटतम प्रतिस्पर्धी एमालेका मल्लको ५ हजार २सय ११ छ ।

त्यस्तै बुधबार सम्पन्न भएको रुकुम पूर्व प्रदेश (२) को अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका धनबहादुर केसी पनि विजयी भएका छन् । कुल ४ हजार ८ सय ६२ मत ल्याएर जितेका केसीले स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई २ हजार ६ सय १८ मतान्तरले पछि पारेका छन् । खड्काको कुल मत २ हजार २ सय ४४ रहेको छ ।

विजयी पूर्णबहादुर घर्ती र धनबहादुर केसी दुवै जना सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् । प्रदेश (१) को मतगणना मंगलबार नै सकिएको थियो । उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवार सुरुल पुनले जितेका छन् । यससँगै रुकुम पूर्वको मतगणना सकिएको छ ।

प्रकाशित : मंसिर ७, २०७९ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?