हुम्लाको सर्केगार्डमा रोकिए १ सय ३६ मतपेटिका

ज्योती कटुवाल

सुर्खेत — हिमाली जिल्ला हुम्लामा मतदान गरेको ४ दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो । मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले सदरमुकाम ल्याउन नसकिएका मतपेटिका बुधबार नै हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको र मतगणनाको सुरुवात गरिने जानकारी दिए ।

दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका ३४ मतदान केन्द्रका एक सय ३६ वटा मतपेटिका सर्केगार्डमा रोकिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नम्बर १ का सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नपुग्दा मतगणना सुरु हुन नसकेको हो ।

जिल्लाका दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाका मतपेटिकाका सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा ल्याइपुर्‍याएको छ । तर त्यहाँबाट हेलिकप्टरमा ढुवानी गर्नका लागि निर्वाचन आयोगसँग कुरा भइरहेका कारण मतपेटिका रोकिएका हुन् । सर्केगार्डबाट सदरमुकाम सिमकोट पुग्न डेढ दिन पैदल हिँड्नुपर्छ ।

सर्केगार्डमा जम्मा गरिएका मतपेटिका पैदल मार्गबाट ल्याउँदा जोखिम हुने देखिएपछि निर्वाचन आयोगसँग हेलिकप्टरमा ढुवानीका लागि कुरा भइरहेको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए । उनका अनुसार बुधबार दिउँसोसम्म मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिनेछ ।

सर्केगार्डमा ताँजाकोटका सात, अदानचुलीका आठ, चङ्खेलीका आठ र सर्केगार्डका ११ वटा मतदान केन्द्रका मतपेटिका छन् ।

यस्तै उत्तरी नाम्खा गाउँपालिका– ६ लिमीमा निर्वाचनमा खटिएका कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र कर्मचारी गरेर ४९ जना बाटोमै रोकिएका छन् । न्यालु लेकमा हिउँ जमेकाले पैदल हिँडेर आउन समस्या हुने देखिएपछि उनीहरू पनि हेलिकप्टरको पर्खाइमा छन् ।

प्रकाशित : मंसिर ७, २०७९ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्

बैतडीमा एमालेका भण्डारीको अग्रता कायमै

तृप्ति शाही

बैतडी — एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । सुरुवातबाटै अग्रता लिइरहेका भण्डारीले अझैसम्म अग्रता कायम राखेका छन् । 

गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) भण्डारीलाई पछ्याइरहेका छन् । प्रतिनिधि सभा तर्फ २३ हजार २६६ मतगणना हुदा एमालेका भण्डारीले १० हजार ४०७ मत प्राप्त गरेका छन् ।

माओवादीका (विजयसुन्दर)ले ९ हजार ८२३ मत प्राप्त गरेका छन् । पछिल्लो परिणामअनुसार माओवादीका विजयसुन्दरले मतान्तर घटाएका छन् ।

प्रकाशित : मंसिर ७, २०७९ ११:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×