कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टीका केसीको मत ६ हजारनजिक

आश गुरुङ

लमजुङ — प्रतिनिधसभा सदस्यका लागि लमजुङबाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले ५ हजार ७ सय ४८ मत ल्याएका छन् । उनको गृहपालिका सुन्दरबजार नगरपालिका र छिमेकी पालिका राइनासको मतगणना प्रवेशसँगै उनको मत बढेको हो ।

लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टीका केसीको मत ६ हजारनजिक

कतिपय पुराना पार्टीहरुले समेत ५ सय हाराहारी मत ल्याइरहँदा स्वतन्त्र पार्टीका केसीले एमाले र सत्ता गठबन्धन उम्मेदवारपछि आफ्नो तेस्रो हैसियत देखाएका छन् । स्वतन्त्र पार्टीका उम्मेदवारमा सत्ता गठबन्धनको असतुष्ट मत पुगेको सत्ता गठबन्धनका नेताकार्यकर्ताको बुझाई छ । एक नेताका अनुसार स्वतन्त्रका उम्मेदवारले पाउने मतले हारजितको निर्णय गर्नसक्छ ।

क्वहोलासोंथर, दोर्दी, दूधपोखरी गाउँपालिका र मध्यनेपाल नगरपालिका गणना हुँदासम्म उनको मत १ हजार ९ सय ८९ थियो । सुन्दरबजार र राइनास नगरपालिका गणना सकिँदा उनले ३ हजार ७ सय ५९ मत बढाएको हो । सुन्दरबजार नगरपालिका ६ घर भएका उनको पक्षमा बेंसीसहर नगरपालिकाबाट मत खस्ने समर्थकहरुले दावी गरेका छन् ।

जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाका अनुसार बुधबार बिहानसम्म ५३ हजार ५ सय १२ मतगणना भइसकेको छ । अब २६ हजार ८ सय १७ मत गन्न बाँकी छ । गणना भइसकेकामध्येबाट एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले २२ हजार ४ सय ३८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका देवप्रसाद गुरुङले २२ हजार १ सय ३० मत प्राप्त गरेका छन् ।

मंगोल नेश्नल अर्गनाइजेशनका विकास गुरुङले ३ सय ९९, राप्रपाका बालचन्द्र श्रेष्ठले ८ सय ६९, जसपाका नरेन्द्रबहादुर गुरुङले १ सय १२, आमूल परिवर्तन मसिहा पार्टीका नन्दजंग गुरुङ ४८, नेपाली कांग्रेस (बीपी) का लक्ष्मीकान्त पौडेल ४१, नेमकिपाका राजेन्द्रप्रसाद प्रजापति १८, राप्रपा नेपालका टकबहादुर गुरुङ २६ र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले १८ मत पाएका छन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?