१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काठमाडौं–६ (२)मा एमालेका मास्के विजयी

काठमाडौँ — काठमाडौं ६ (२) मा नेकपा (एमाले)का उम्मेदवार इञ्जिनियर अमनकुमार मास्के विजयी भएका छन् ।

काठमाडौं–६ (२)मा एमालेका मास्के विजयी

बुधबार बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले आठ हजार ५९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् ।

यस्तै नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले ६ हजार ६ सय ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले ३ हजार ५ सय ७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले तीन सय २७ मत प्राप्त गरेका छन् ।

टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको उक्त प्रदेशसभामा २३ हजार एक सय आठ मत खसेको थियो । सोही मतमध्ये तीन सय २७ मत बदर भएको निर्वाचन अधिकृत खनालले बताइन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?