भक्तपुर क्षेत्र नम्बर १(१) मा कांग्रेसका श्रेष्ठ विजयी 

भक्तपुर — भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा गठबन्धन तर्फका उम्मेदवार कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ ९ हजार ४ सय २४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मोहनवीर श्रेष्ठले ८ हजार २ सय १२ मत प्राप्त गरेका छन् ।

भक्तपुर क्षेत्र नम्बर १(१) मा कांग्रेसका श्रेष्ठ विजयी 

नेपाल मजदुर किसान पार्टीका मीन बाटाले ८ हजार २ सय १ मत पाएका छन् । त्यस्तै, राप्रपाका राजु कुईकेलले ५ हजार ९ सय ४५ मत पाएका छन् ।

२०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ प्रदेश सभा १ मा एमालेका हरिशरण लामिछानेले जितेका थिए भने, लामिछानेको निधनपछिको उपनिर्वाचनमा कांग्रेसका कृष्णलाल भंडेल विजयी भएका थिए ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?