ओखलढुंगा प्रदेशसभा १(२) मा माओवादीका बाबुराम गौतम विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

ओखलढुंगा प्रदेशसभा १(२) मा माओवादीका बाबुराम गौतम विजयी

कान्तिपुर संवाददाता

ओखलढुंगा — प्रदेशसभा सदस्य अन्तर्गतको निर्वाचन क्षेत्र नम्बर १ को २ मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका बाबुराम गौतम विजयी भएका छन् । उनले १५ हजार ७३८ मत प्राप्त गरेका छन् ।

गौतमले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञानबहादुर खड्कालाई १ हजार ९६ बढी मतले हराएका हुन् । नेकपा एमालेका ज्ञानबहादुर खड्काले १४ हजार ६४२ मत प्राप्त गरेका छन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी १० हजार १ सय ५ मत ल्याई विजयी भएका हुन् । 


श्रेष्ठले उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन् । पराजित सुमन सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×