मन्त्री बडूलाई पन्छाउँदै ठगुन्ना अगाडि

मनोज बडू

दार्चुला — प्रतिनिधिसभा सदस्यमा एमाले नेता गणेशसिंह ठगुन्नाले उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूलाई २२ मतले पछाडि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार ठगुन्नाले ७ हजार ३९५ मत ल्याई अग्रता बनाएका छन् ।

मन्त्री बडूलाई पन्छाउँदै ठगुन्ना अगाडि

उनका प्रतिद्वन्द्वी मन्त्री बडूले ७ हजार ३७३ मत ल्याएका छन् ।

अपिहिमाल र ब्यास गाउँपालिकाको मत गणना हुँदा मन्त्री बडूले अग्रता बनाएका थिए । एमाले नेताले शैल्यशिखर नगरपालिकाको मत गणना हुँदा मतान्तर घटाउँदै वडा नम्बर ७ बाट अग्रता बनाएका छन् ।

शैल्यशिखर नगरपालिका अझै २ वडाको मत गणना बाँकी रहेकाले ठगुन्नाले बडूसितको मतान्तर अझ बढाउने आकलन गरेका छन् ।

प्रकाशित : मंसिर ७, २०७९ ००:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?