प्रदेशसभा रसुवा (२) मा गाेतामे निर्वाचित


रसुवा — रसुवा जिल्ला प्रदेशसभा सदस्य क्षेत्र नम्बर १(२) मा नेकपा माओवादी केन्द्रका इन्द्र गाेतामे निर्वाचित भएका छन् ।

गाेतामे ८ हजार ५ सय ३३ मत सहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार तेम्ब्रेल तामाङले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् । गाेतामे २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पराजित भएका थिए ।
प्रकाशित : मंसिर ६, २०७९ २३:४४