काठमाडौं-५ : एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई हराउँदै कांग्रेसका पौडेल निर्वाचित- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं-५ : एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई हराउँदै कांग्रेसका पौडेल निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६२ मतान्तरले पराजित गरेका छन् ।

भर्खरै सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७५ मत पाएका छन् ।

प्रकाशित : मंसिर ६, २०७९ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेलको अग्रता

कान्तिपुर संवाददाता

काठमाडौँ — रुपन्देही २ मा नेकपा एमाले उम्मेदवार विष्णु पौडेलले पहिलो पटक अग्रता कायम गरेका छन् । एमाले उपाध्यक्ष समेत रहेका पौडेलले ५ हजार ३११ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेलमाथि १ सय ७५ मतान्तर बनाएका हुन् ।

पौडेलले ५ हजार १५३ मत ल्याएका छन् । विष्णु पौडेलले सो क्षेत्रका निर्वतमान सांसद हुन् ।

सत्तारुढ गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवा केशवबहादुर थापा मगरले ३ हजार ९६० मत प्राप्त गरेका छन् । रुपन्देही जिल्लामा एमाले र राप्रपाबीच चुनावी तालमेल गरेको छ ।

रुपन्देही १ को एमाले सचिव छवीलाल विश्वकर्मा, रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा, रुपन्देही ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ल र रुपन्देही ५ मा एमालेका बासुदेव घिमिरेको अग्रता छ ।

प्रकाशित : मंसिर ६, २०७९ २१:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×