२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

रुकुम पूर्व प्रदेशसभामा सत्ता गठबन्धनलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

महेश केसी

रुकुम पूर्व — रुकुम पूर्व प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणना अनुसार ५ सय ३३ मतान्तरले माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पछि पार्दै पुन विजयी भएका हुन् ।

रुकुम पूर्व प्रदेशसभामा सत्ता गठबन्धनलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

विजयी पुनले जम्मा ४ हजार ४ सय ६५ मत प्राप्त गरका छन् भने उनका निकटतम प्रतिस्पर्धी तेजबहादुर ओलीले ३ हजार ९ सय ३२ मत ल्याएका छन् ।

यसअघि पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका ओली माओवादी केन्द्रका जिल्ला इन्चार्जसमेत हुन् । उनी सत्ता गठबन्धनको समर्थनमा पुनः उम्मेदवार बनेका थिए ।

त्यस्तै माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य रहेका सुरुल पुनले भने आफ्नै पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका दिए । यसैकारण उनलाई माओवादी केन्द्रले यसअघि नै कारबाही गरिसकेको थियो।

प्रकाशित : मंसिर ६, २०७९ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?