२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मतदान भएको दुई दिनपछि सोलुमा मतगणना सुरू

भानुभक्त निरौला

(सोलुखुम्बु) — मतदान भएको दुई दिनपछि सोलुखुम्बुमा मतगणना सुरु भएको छ । सोमबार बेलुकासम्ममा संकलन गरिएको मतपेटिका मंगलबार साँझ ५ बजेबाट गणना सुरू भएको हो ।

मतदान भएको दुई दिनपछि सोलुमा मतगणना सुरू

जिल्ला समन्वय समितिको भवनमा आठ स्थानमा गणनाको कार्य भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीका अनुसार जिल्ला समन्वय समितिको समिक्षा हलमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको एकै साथ ४ स्थानमा र जिल्ला समन्वय समितिको हलमा २ वटै प्रदेशसभाको प्रत्यक्ष तथा प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको गणना सुरु गरिएको हो ।

कुल ८१ हजार ५ सय २ जना मतदाता रहेको जिल्लामा ४० हजार ४ सय ३३ मत अर्थात ४९.०६ प्रतिशत मत खसेको छ ।

प्रकाशित : मंसिर ६, २०७९ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?