२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मोरङ २ मा कोइराला विरासत जोगाउन सुजाता संघर्षरत्

विनोद भण्डारी

विराटनगर — कांग्रेस नेतृ सुजाता कोइराला मोरङ २ मा बाबु गिरिजाप्रसादको विरासत जोगाउन संघर्षरत् छिन् । उनी मतगणनाको प्रारम्भिक चरणमा एमालेका ऋषिकेश पोखरेलसँग झिनो मतले पछि परेकी छन् । ९ हजार ४ सय ८९ मत गणना भइरहँदा पोखरेलले ४ हजार १ सय ६० मत ल्याएका छन् भने कोइरालाले ४ हजार ५ मत पाएकी छन् । हालसम्म यहाँ ४ सय ५६ मत बदर भएको छ । 

मोरङ २ मा कोइराला विरासत जोगाउन सुजाता संघर्षरत्

यो क्षेत्रको कुल १ लाख २४ हजार ७ सय २९ मतदातामध्ये ८० हजार १ सय २७ मतमात्र खसेको छ । यो क्षेत्र तत्कालीन क्षेत्र नम्बर १ हुँदा उनका पिता गिरिजाप्रसाद कोइरालाले २०४८, ०५१ र ०५६ को संसदीय निर्वाचन जितेका थिए । २०५६ मा मोरङ र सुनसरी ५ बाट विजयी भएका कोइरालाले मोरङ छाडेपछि उपनिर्वाचनमा उनका प्रतिनिधि आमोदप्रसाद उपाध्यायले बाझी मार्दै पहिलो संविधानसभा निर्वाचनसम्म विरासत थामेका थिए ।

२०७० को संविधान सभा निर्वाचनमा एमालेका पोखरेलले उपाध्यायलाई हराएर लालझण्डा गाडेका थिए । २०७४ को निर्वाचनमा मिनेन्द्र रिजालले पोखरेललाई हराएका थिए । यस पटकको निर्वाचनमा रिजाललाई टिकटमै पन्छाएर कोइराला उम्मेदवार बनेकी हुन् ।


प्रकाशित : मंसिर ६, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?