१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

लमजुङमा एमालेका गुरुङको अग्रता कायम

काठमाडौँ — लमजुङको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले १ हजार ६९८ मतान्तरले अग्रता कायम गरेका छन् । गुरुङले १३ हजार १४९ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङले ११ हजार ४५१ मत ल्याएका छन् ।

लमजुङमा एमालेका गुरुङको अग्रता कायम

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले १ हजार ३४५ मत ल्याएका छन् । मंगोल नेशनल अर्गनाइजेसन पार्टीका विकास गुरुङले २७१ मत ल्याएका छन् ।

प्रतिनिधिसभाका लागि एउटै निर्वाचन क्षेत्र रहेको लमजुङबाट यसअघि २०७४ को निर्वाचनमा माओवादी केन्द्रका देवप्रसाद गुरुङ निर्वाचित भएका थिए । एमालेका पृथ्वीसुब्बा गुरुङ भने प्रदेशसभामा निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर ६, २०७९ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?