कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

स्याङ्जाको चापाकोटमा मृत्यु भइसकेका ४७ जना व्यक्तिको नामबाट मतदान भएको दाबी

प्रतिक्षा काफ्ले

गण्डकी — स्याङजाको चापाकोटमा कांग्रेसले बुथ कब्जा गरेर मतदान गरेको भन्दै एमालेलगायतका दलहरुले विरोध गर्दा मतगणना हुन सकिरहेको छैन ।

स्याङ्जाको चापाकोटमा मृत्यु भइसकेका ४७ जना व्यक्तिको नामबाट मतदान भएको दाबी

मृत्यु भइसकेका ४७ जनाको नामबाट कांग्रेसले बुथ कब्जा गरेर मतदान गरेको एमालेको दाबी छ । उक्त विषयमा विवाद भएपछि मतगणना हुन सकिरहेको छैन । यो मतदान केन्द्र स्याङ्जा क्षेत्र नम्बर २ मा पर्छ ।

यस्तै, विदेशमा गएकाहरूको नामबाट पनि मतदान गरिएको एमालेले दाबी गरेको छ ।

चुनावको दिन स्याङजाको चापाकाेट नगरपालिका-१ आँधीचाैघेरास्थित भानु मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका प्रतिनिधिबीच विवाद भएपछि प्रहरीले हवाइ फायर समेत गरेको थियो ।

प्रकाशित : मंसिर ६, २०७९ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?