१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

रुकुम पश्चिममा अर्थमन्त्री जनार्दन शर्मालाई सुरुवाती अग्रता

महेश केसी

रुकुम पश्चिम — रुकुम पश्चिममा प्रतिनिधि र प्रदेशसभामा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को ७ सय ३७ मतगणना सकिँदा प्रतिनिधिसभामा अर्थमन्त्रीसमेत रहेका माओवादी उपमहासचिव जनार्दन शर्माले ३ सय ५९ मत पाउँदा एमालेका नन्दराम देवकोटाले २ सय ४९ मत पाएका छन् ।

रुकुम पश्चिममा अर्थमन्त्री जनार्दन शर्मालाई सुरुवाती अग्रता

त्यस्तै राप्रपाले ७०, स्वतन्त्र तारक केसीले २७ र मंगोल नेसनल अर्गनाइजेसनका हरिबहादुर पुनले २ मत पाएका छन् ।

त्यस्तै प्रदेशसभा १ मा माओवादी केन्द्रका महेन्द्र केसीले अग्रता लिएका छन् । केसीले २ सय ५५ मत पाउँदा नेकपा एमालेका नारायणकुमार शाहले १ सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवारले १ सय ५० मत पाएका छन् ।

प्रकाशित : मंसिर ६, २०७९ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?