कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

रुकुम पश्चिममा मतदान सम्पन्न भएको ३९ घण्टापछि मतगणना सुरु

महेश केसी

रुकुम पश्चिम — प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएको करिब साढे ३९ घण्टापछि मंगलबार बिहान साढे ८ बजेबाट रुकुम पश्चिममा मतगणना सुरु भएको छ । 

रुकुम पश्चिममा मतदान सम्पन्न भएको ३९ घण्टापछि मतगणना सुरु

प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका २ वटा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमका कूल १ लाख ४ हजार २ सय ८० मतदातामध्ये यसपटकको निर्वाचनमा ६० हजार ५ सय २७ अर्थात ५८.०४ प्रतिशत मतदाताले भाग लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाभर रहेका ७६ मतदान स्थालका जम्मा १ सय ३९ मतदान केन्द्रबाट मतणना स्थालसम्म सोमबार रातिसम्म मात्रै सबै मतपेटिका गणनास्थलसम्म पुर्‍याइएको थियो । लामो दूरी, भौगोलिक विकटता र सुरक्षा आदि कारणले मतपेटिका संकलनमा ढिलाई भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।

हिजो रातिदेखि नै मतगणना सुरु गरिने भनिए पनि आवश्यक तयारी नपुगेका कारणले मंगलबार बिहानबाट मात्रै मतगणना सुरु गरिएको हो ।

एमालेले जिल्लाका सात स्थानमा धाँधलीपुर्ण तरिकाले मतदान गरिएको र ती स्थानमा पुनः मतदान गर्नुपर्ने अन्यथा मतगणनामा भाग नलिने बताए पनि अन्ततः एमालेले पनि सहमति जनाएपछि मतगणना सुरु गरिएको हो ।

जिल्ला सदरमुकाम खलंगाको समन्वय समितिको कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै गरेर दुई स्थानबाट मतगणना थालिएको छ । मतगणना कार्यलाई चुस्त, दुरुस्त र छिटो अनि सुरक्षित बनाउन आवश्यक सम्पूर्ण प्रयास गरेको मुख्य निर्वाचन अधिकृत खड्कबहादुर केसीले जानकारी दिए ।

प्रकाशित : मंसिर ६, २०७९ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?