पाँचथरमा एमालेका नेम्वाङलाई उछिन्दै कांग्रेसका आङदेम्बेको अग्रता


पाँचथर — पाँचथरको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेले अग्रता लिएका छन् । उनी आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का भिष्मराज आङदेम्वेलाई १ सय ३५ मतले पछाडि पार्दै पहिलो पटक अग्रता लिएका हन् ।


हालसम्म आङदेम्बेले २ हजार २ सय २० मत पाएका छन् भने नेम्वाङले २ हजार ८५ मत पाएका छन् । यो भन्दा अगाडि बसन्त नेम्वाङको अग्रता रहेको थियो । यो निर्वाचन क्षेत्रमा ७४ हजार ८ सय ९८ मत खसेको छ । जसमध्ये हालसम्म ५ हजार ५७ मत गणना भएको हो ।
यस्तै जिल्लाको प्रदेशसभा २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोले अग्रता लिएका छन् । उनले २ हजार ५ सय ८१ मत प्राप्त गर्दा एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई २ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् । यस प्रदेशमा ३७ हजार ७ सय १५ मत खसेकोमा हालसम्म ६ हजार १ सय ५१ मत गणना भएको छ ।
यता प्रदेशसभा १ मा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका कमलप्रसाद जवेगुले अग्रता लिएका छन् । जवेगुले २ हजार ६ सय १५ मत पाँउदा एमालेका राजकुमार भण्डारीले २ हजार ७४ मत पाएका छन् । यस प्रदेशमा कूल ४० हजार १ सय ८६ मत खसेकोमा हालसम्म ५ हजार ५ सय ५८ मत गणना गरिसकिएको छ ।
प्रकाशित : मंसिर ६, २०७९ ०९:०१