दाङ-२ मा शंकर पोखरेलसँग रेखा शर्माको १ हजार ३२ मतको अग्रता

दुर्गालाल केसी

काठमाडौँ — दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोख्रेललाई पछि पार्दै सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायम गरेकी छन् ।

१२ हजार ६ सय ७४ मत गन्दा माओवादी केन्द्रकी शर्माले ५ हजार ३ सय ९६ मत प्राप्त गरेकी छन् भने एमाले महासचिव पोख्रेलले ४हजार ३ सय ६४ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ७९ हजार ४ सय ४६ मत खसेको थियो ।

प्रकाशित : मंसिर ६, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्

काभ्रे-२ मा शिव  हुमागाईंको अग्रता कायमै, गोकुल बाँस्कोटा ८७७ मतले पछि

ज्योति श्रेष्ठ

काभ्रे — काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनतर्फ कांग्रेसका शिव प्रसाद हुमागाईंले अग्रता कायम राखेका छन् ।

क्षेत्र नम्बर २ अन्तर्गत बेथानचोक गाउापालिका वडा नम्बर १,२,३ र ४ को मत गणना सम्पन्न भएको छ । हालसम्म ६ हजार ४ सय १९ मत गनिसक्दा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा ८ सय ७७ मतले पछि छन् ।

हालसम्मको मतपरिणाममा कांग्रेस उम्मेदवार हुमागाईंले ३ हजार २ सय ७१ मत ल्याएका छन् । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाँस्कोटाले २ हजार ३ सय ९६ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईं ४ सय ९२ मत पाएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रतिनिधिको प्रत्यक्षतर्फमा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लाका कुल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये यस क्षेत्रमा एक लाख ५७ हजार ४ सय ४२ मतदाता रहेका छन् ।

प्रकाशित : मंसिर ६, २०७९ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×