रसुवामा कांग्रेको सुरुवाती अग्रता

बलराम घिमिरे

रसुवा — एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा पहिलो मतपरिणम सार्वजनिक भएको छ ।

जारी गणनाको सुरुवाती परिणाममा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले १ हजार १ सय ६ मत प्राप्त गरेका छन् । नेकापा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङले ७ सय ७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले बताएको छ ।

सुरुवाती परिणाममा नेपाली कांग्रसका उम्मेदवार मोहन आचार्उले अग्रता लिएका छन् । अहिलेसम्म १ हजार ९ सय ६५ मतगणना भएको छ । प्रदेशसभा १ तर्फको गाउंखर्क राष्ट्रिय प्रावि र रसुवा मावि क तथा प्रदेशसभा २ तर्फको चिप्लेटी प्रावि सल्लेटार ख र डांडागाउं मावि ख मतदान केन्द्रको मतगणना भएको प्रमुख निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताए ।

मतगणना जारी छ । एक प्रतिनिधि र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा अस्थाइ र स्थाइ गरि ३६ मतदानस्थल र ५४ वटा मतदान केन्द्र रहेको छ । रसुवामा ३९ हजार ४ सय ५९ मतदाता रहेका छन् । जसमध्य महिला १९ हजार ३ सय ४० पुरुष २० हजार १ सय १८ र अन्य १ जना रहेका छन ।


प्रकाशित : मंसिर ६, २०७९ ००:४९
प्रतिक्रिया
पठाउनुहोस्

काभ्रे-२ मा हुमागाईंको अग्रता, बाँस्कोटा पछ्याउँदै

ज्योति श्रेष्ठ

काभ्रे — काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले सुरुवाती अग्रता लिएका छन् । क्षेत्र नं २ अन्तर्गत बेथानचोक गाउँपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ ।

उक्त वडामा खसेको कुल ८ सय ८३ मतमध्ये कांग्रेसका उम्मेदवार हुमागाईंले ५ सय १४ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटालाई १ सय ९१ मतले पछि पारेका हुन् । बाँस्कोटाले ३ सय २३ मत प्राप्त गरेका छन् ।

परिणामअनुसार हलो चिह्नमा १, दम्पती चिह्नमा १ र कुखुराको भाले चिह्नमा १ मत खसेको छ । १३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७९ ००:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×