२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

रुकुम पूर्वको मतपेटिका संकलन सकियो

महेश केसी

रूकुम पूर्व — रूकुम पूर्वमा मतपेटिका संकलनको काम भर्खरै सम्पन्न भएको छ । जम्मा ४४ मतदान स्थलका ५६ मतदान कन्द्रमध्ये ५४ वटा केन्द्रका मतपेटिका सोमबार बिहानसम्म ल्याइएको भए पनि सिस्ने १ र पुथाउत्तरगंगा २ बाट मतपेटिका आउन बाँकी थियो ।

रुकुम पूर्वको मतपेटिका संकलन सकियो

यी २ वटा केन्द्रका मतपेटिका सोमबार राति जिल्ला सदरमुकाम रूकुमकोट पुर्‍याइएसँगै मतपेटिका संकलनको काम सम्पन्न भएको मुख्यनिर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिएका छन् ।

अधिकृत घिमिरेका अनुसार अब केहीबेरमा सर्वदलीय बैठक बसेर सहमति गरेपछि मतगणना सुरू गर्नेबारे टुङ्गो लाग्नेछ । रूक्मिनी मावि रूकुमकोटको भवनमा गर्ने गरिनेछ ।

प्रकाशित : मंसिर ५, २०७९ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?