१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

इलाम १ : बस्‍नेतलाई पछ्याउँदै खनाल

विप्लव भट्टराई

इलाम — इलाम क्षेत्र नम्बर १ को प्रारम्भिक मत परिणाममा नेकपा एमालेका महेश बस्नेतले नेकपा एसका सम्मानित नेता झलनाथ खनाललाई पछि पारेका छन् ।

इलाम १ : बस्‍नेतलाई पछ्याउँदै खनाल

२ हजार ६ सय ८९ मत गणना हुँदा बस्नेतले १ हजार २ सय ५८ मत पाएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता खनालले १ हजार ४१ मतका साथ बस्नेतलाई पछ्याएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि सम्पन्न निर्वाचनको मत गणना इलाम १ मा दिउँसो सुरु भएको हो । जिल्लाभर ५२ दलशमलव ९३ प्रतिशत मत खसेको हो ।

इलाम १ मा १ लाख ९ हजार ५ सय ३७ मतदातामध्ये ५९ हजार ९ सय ६ मत खसेको थियो । इलाममा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभाका लागि इलाम १ मा ११ र इलाम २ मा १४ उम्मेदवार छन् । प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (१) मा ८, १ (२) मा ६ जना उम्मेदवार छन् । त्यस्तै २ (१) मा ७ जना र २ (२) १ स्वतन्त्र सहित ८ जना उम्मेदवार छन् ।

प्रकाशित : मंसिर ५, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?