१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सोलुमा मतपेटिका हेलिकप्टर मार्फत ल्याइयो

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुमा सबै मतदान केन्द्रहरुबाट मतपेटिका संकलन गरेर सदरमुकाम सल्लेरी ल्याइएको छ । आठ पालिका रहेको जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको ९ वटा मतदान केन्द्रको ३६ मतपेटिका हेलिकप्टरबाट र अन्य पालिकाको मतपेटिकाहरु स्थलमार्गबाट सल्लेरी ल्याइएको हो ।

सोलुमा मतपेटिका हेलिकप्टर मार्फत ल्याइयो

लिखुपिके गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाका मतपेटिकाहरु सोमबार ढुवानी गरिएको हो भने अन्य पालिकाको मतपेटिकाहरु आइतबार राति अबेरसम्म गरेर सल्लेरी ल्याइ पुर्‍याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीका अनुसार लिखुपिके गाउँपालिका बाट लामाजुरा हुँदै ट्याक्टर मार्फत ल्याइएको मतपेटिका साँझ सल्लेरी आइपुगेसँगै जिल्लाको सबै मतदान केन्द्रहरुको मतपेटिका संकलन कार्य सकिएको हो ।

१ सय ३५ वटा मतदान केन्द्र रहेको जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा गरी ५ सय ४० वटा मतपेटिका छन् । ती सबै मतपेटिकाहरु सुरक्षित रुपमा जिल्ला आइपुगेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताए । ८१ हजार ५ सय २ जना मतदाता रहेको जिल्लामा ३९ हजार ४ सय ३३ जना मतदाताले मतदान गरेका छन् । मतपेटिका संकलनको काम सकिएसँगै मतगणनाका लागि सर्वदलिय बैठक बसिरहेको सहायक निर्वाचन अधिकृत कालाखेतीले बताए ।

प्रकाशित : मंसिर ५, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?