२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटियो

सुम्निमा चाम्लिङ

इटहरी — सुनसरीको गढी गाउँपालिका मतदान केन्द्रमा प्रतिनिधिसभातर्फको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएको छ । सुनसरी क्षेत्र नं ३ को ‘क’ अन्तर्गत गढी गाउँपालिकाका–१ मधेलीस्थित मजदुर किसान माविमा रहेको मतदान केन्द्रमा मतपत्र फरक पेटिकामा खसेको पाइएको हो ।

प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटियो

उक्त मतदान केन्द्रबाट प्रतिनिधिसभाका १०० मतपत्र प्रदेशसभातर्फको मतपेटिकामा खसेको हो । सोही विषयमा निर्णय गर्न तत्काल सर्वदलीय बैठक बसेपनि निर्वाचन कार्यालयको निर्णय पर्खनुपर्ने हुँदा मतगणना सुरु हुन सकेको थिएन । दिउँसो मतगणना स्थलमा राखिएको सीसीटीभी फुटेज हेरेपछि दलहरु केही सकारात्मक बनेका थिए ।

प्रदेशसभातर्फको मतपेटिकामा खसेको मतलाई बदर गरी मतगणना प्रक्रिया अघि बढाउन राजनीतिक दलहरु सहमति नजिक पुगेको प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार स्मित कार्कीले बताए । उनले भने, ‘प्रदेशसभातर्फको मतपेटिकामा खसेको मत खारेज गर्ने कुरामा दलहरु अन्तिम चरणमा पुगेको छ । केहीबेरमा मतगणना सुरु हुन्छ ।’ निर्वाचन क्षेत्र नम्बर ३ मा कुल १ लाख २५ हजार ४ सय ३२ मतदाता रहेका छन् । जसमध्ये ७३ प्रतिशत मत खसेको थियो ।


प्रकाशित : मंसिर ५, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?