कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पाल्पा–२ मा मतगणना सुरु

माधव अर्याल

पाल्पा — पाल्पाको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ । सदरमुकाम तानसेनस्थित बालमन्दिर भवनमा मतगणना सुरु भएको हो ।

पाल्पा–२ मा मतगणना सुरु

सर्वदलीय सर्वपक्षीय बैठकले ३ बजे सुरु गर्ने भनिएपनि प्रतिनिधि कार्ड लगायत अन्य तयारी हुन नसक्दा ढिलाइ भएको हो ।

क्षेत्र नम्बर २ को बगनासकाली गाउँपालिका–१ चिर्तुङधाराको राम आधारभूत विद्यालय र ग्राम्य मावि मतदान केन्द्रका मतपेटिकाबाट गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत कमलराज बिष्टले बताए । यस क्षेत्रबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेय, नेकपा एमालेबाट ठाकुर गैरे, जनसमाजवादी पार्टी नेपालका देव बहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिव सुन्दर भुख्वा, मंगोल नेशनल अर्गनाइजेशनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका तारा बहादुर खत्री, जनता समाजवादी पार्टीबाट दुर्पता सोमैले मनोनयन दर्ता गराएका छन् । क्षेत्र २ बाट उपेन्द्र राज गहिरे, केशरबहादुर आले र जीवलाल सुवेदीले स्वतन्त्रमा उम्मेदवारी छ ।

प्रदेशसभामा २ (१) नेपाली कांग्रेसबाट वीरबहादुर राना, नेकपा एमालेबाट परशुराम भटराई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजु गैरे, मंगोल नेशनल अर्गनाइजेशनका लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर राना मगर, जनता समाजवादीबाट खिकबहादुर रेश्मी मगर, नेपाल मजदुर किसान पार्टीका माधव अधिकारीले उम्मेदवार छन् ।

प्रदेशसभा २ (२) मा नेकपा माओवादी केन्द्रबाट तुलाराम घर्ति मगर, नेकपा एमालेबाट ओमबहादुर घर्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चक्रपाणी पौडेल, मंगोल नेशनल अर्गनाइजेशनका शिव बहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र बहादुर अस्लामीले उम्मेदवार छन् ।

प्रकाशित : मंसिर ५, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?