१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

इलाममा मतगणना सुरु

विप्लव भट्टराई

इलाम — प्रतिनिधिसभा र प्रदेशसभाका लागि सम्पन्न निर्वाचनको मतगणना इलाममा सुरु भएको छ । इलाम क्षेत्र नं. २ को मतगणना सदरमुकामस्थित सिटीहलमा सुरु भएको हो ।

इलाममा मतगणना सुरु

आइतबार सम्पन्न निर्वाचनमा इलाम २ मा १ लाख १५ हजार ९ सय ५२ मतदाता मध्ये ५९ हजार १ सय ३६ मत खसेको थियो । प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभातर्फ क्षेत्र नं. २ (१) को प्रत्यक्ष र समानुपातिकको गणना भइरहेको हो ।

जिल्लाभर ५७ दशमलव ४४ प्रतिशत मत खसेको हो । इलाम १ भने अझै मतगणना सुरु भएको छैन । फिक्कलस्थित सूर्योदय नगरपालिकाको भवनमा मतगणनाको तयारी भइरहेको छ । इलाम १ मा १ लाख ९ हजार ५ सय ३७ मतदातामध्ये ५९ हजार ९ सय ६ मत खसेको थियो । हिजो भएको मतदानमा जिल्लामा ५२ दशमलव ९३ प्रतिशत मत खसेको थियो ।

इलाममा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाकालागि ४ निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभाकालागि इलाम १ मा ११ र इलाम २ मा १४ उम् छन् । प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (१) मा ८, १ (२) मा ६ जना उम्मेदवार छन् । त्यस्तै २ (१) मा ७ जना र २ (२) १ स्वतन्त्र सहित ८ जना उम्मेदवार छन् ।

प्रकाशित : मंसिर ५, २०७९ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?