कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीमा मतगणना दिउँसो एक बजेदेखि

राजकुमार कार्की

सिन्धुली — ढिलो गरी मतपेटिका संकलन भएकाले सिन्धुलीमा दिउँसो एक बजेदेखि मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ६ बजे मात्रै सबै स्थानबाट आएका मतपेटिका रुजु गरेर शिलबन्दी गरिएको छ ।

सिन्धुलीमा मतगणना दिउँसो एक बजेदेखि

सर्वदलीय बैठक ११ बजेलाई बोलाइएकाले एक बजेबाट गणना सुुरु हुने मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

सदरमुकामस्थित तरकारी तथा कन्दमुल विकास केन्द्रमा दुई स्थानमा चारवटा टोली बनाएर मतगणना हुने भएको छ । सुरक्षा व्यवस्था कडा बनाइएको र मतगणनामा तारजाली र सीसी क्यामेराको व्यवस्था गरिएको छ । मतपरिणाम बाहिर सार्वजनिक गर्न ठाउँठाउँमा माइक लगाइएको छ ।

समानुपातिकको समेत मत सँगसँगै गनिने भएकाले चारदेखि पाँच दिनभित्रमा गणना सकिने प्रारम्भिक आकलन गरिएको छ । मतपेटिका लिएर आएका प्रतिनिधि तथा अन्य समेतले नतिजाको व्यग्र प्रतीक्षा गरिरहेकाले यतिखेर सदरमुकामको लोकतान्त्रिक चोक भरिभराउ छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिन्धुलीमा ५६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

दुई वटा निर्वाचन क्षेत्रका दुई लाख ८ हजार ३६९ मतदाता रहेकोमा १ लाख १८ हजार ९६० मत खसेको प्रारम्भिक तथ्यांक रहेको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ मा ६३११७ र क्षेत्र नम्बर २ मा ५५८३३ मत खसेको हो ।

क्षेत्र नम्बर १ मा १ लाख ७ हजार १३६ मतदाता रहेका थिए भने क्षेत्र नम्बर २ मा १ लाख १ हजार २३३ मतदाता रहेका थिए । २०७४ मा भएको आमनिर्वाचनमा सिन्धुलीमा ६५ प्रतिशत मत खसेको थियो । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने ७० प्रतिशतमत खसेको थियो ।

प्रकाशित : मंसिर ५, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?