कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रुपन्देही ४ मा मतगणना सुरु 

अमृता अनमोल

बुटवल — रुपन्देहीको क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । निर्वाचन आयोगको कार्यालयका अनुसार सोमबार बिहान साढे ९ बजेपछि मतगणना सुरु भएको हो ।  

रुपन्देही ४ मा मतगणना सुरु 

निर्वाचन सहायक अधिकृत राकेश चौधरीका अनुसार ९ : ३० देखि मतपत्र पट्याएर गणना प्रक्रिया सुरु भएको हो । रुपन्देहीको दक्षिणी क्षेत्रमा पर्ने यो निर्वाचन क्षेत्रमा १ लाख १० हजार ६ सय ५९ मतदाता थिए । त्यसमध्ये २ सय ५८ अस्थायी सहित ७७ हजार ६४ जनाले मतदान गरेका छन् ।

रुपन्देही ४ मा कांग्रेसका प्रमोद यादव, जसपाका ओमप्रकाश यादव, लोसपाका सर्वेन्द्रनाथ शुक्लालगायत उम्मेदवार रहेका छन् ।


प्रकाशित : मंसिर ५, २०७९ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?