आमनिर्वाचन : कास्की-२ मा मतगणना सुरु- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमनिर्वाचन : कास्की-२ मा मतगणना सुरु

रासस

काठमाडौँ — कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा आज बिहान २ बजेदेखि मतगणना सुरु गरिएको हो । 

प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा गठबन्धनकातर्फबाट श्रीनाथ बराल, नेकपा (एमाले)का विद्या भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेललगायतको उम्मेदवारी छ ।

क्षेत्र नं २ (१) मा गठबन्धनका तर्फबाट विश्वप्रकाश लामिछाने, नेकपा (एमाले)का तर्फबाट भीम कार्की, राष्ट्रिय नागरिक पार्टीका तर्फबाट चेतबहादुर महतलगायत उम्मेदवारी छ भने प्रदेश सभा (२)मा गठबन्धनका तर्फबाट विन्दुकुमार थापा, एमालेका तर्फबाट मीना गुरुङलगायतको उम्मेदवारी छ ।

प्रकाशित : मंसिर ५, २०७९ ०६:१०
प्रतिक्रिया
पठाउनुहोस्

आमनिर्वाचन : मुस्ताङमा मतगणना सुरु

लालप्रसाद शर्मा

पोखरा — हिमालपारिको जिल्ला मुस्ताङमा मतगणना सुरु भएको छ । पहिलो चरणमा प्रतिनिधिसभाको मतगणना भइरहेको मुस्ताङका डिएसपी रवीन्द्रनाथ पौडेलले बताए । 

हालसम्म ९८३ मतगणना भएकोमा कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले ५३७, एमालेका प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ र राप्रपा नेपालका प्रविणकुमार शेरचनले २ मत पाएका छन् भने ११ मत बदर भएको छ ।

प्रकाशित : मंसिर ५, २०७९ ०६:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×